PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

१३० नमुना जाँच्दा १६ जनामा भेटियो संक्रमण



पहिलोपोस्ट

१३० नमुना जाँच्दा १६ जनामा भेटियो संक्रमण

काठमाडौं : चितवनको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा साउन २९ गते १ सय ३० जनाको नमुना परीक्षण गर्दा १६ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ।

चितवन, मकवानपुर, नवलपुर, सर्लाही र तनहुँ जिल्लका मानिसहरुको थ्रोट स्वाबमा संक्रमण देखिएको भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाका प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। प्रयोगशालाले दिएको जानकारी अनुसार चितवनका ८ जना पुरुष र एक महिलामा संक्रमण देखिएको छ। भरतपुर महानगरपालिकाका २, ४, ७ र १० नम्बर वडामा संक्रमित भेटिएका हुन्। त्यस्तै राप्ती, रत्ननगर र खैरेनीका तीन जनामा पनि संक्रमण देखिएको छ।

मकवानपुर, नवलपुर, सर्लाही र तनहुँ जिल्लाका एक एक जनामा संक्रमण देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell