PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भिषण पहिरो, २१ घर पुरिए



कुञ्जरमणि भट्टराई

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भिषण पहिरो, २१ घर पुरिए

काठमाडौं : आज बिहान ६ बजे खसेको पहिरोले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ नम्बर वडामा २१ घर पुरिएका छन्। पहिरोले जनधनको क्षति कति भयो खुलिसकेको छैन।

'२१/२२ घर पहिरोमा परेको जानकारी आएको छ। अहिले उद्धारका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी त्यसतर्फ लागिसक्नु भएको छ,' जुगल गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रताप लामाले भने, 'माथिल्लो भेगमा भएकाले अवस्था के छ सबै जानकारी पाइसकेका छैनौं। त्यता जाँदैछौं।'

जनधनको क्षति धेरै हुने आँकलन भए पनि यकिन विवरण आउन सकेको छैन। जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले हेलकप्टरबाट उद्धारका लागि जाने तयारी भइरहेको जानकारी दिएका छन्। 'के कसो भएको यकिन छैन। हेलिकप्टर लिएर उद्धारमा जाने तयारी गरिरहेका छौं,' अध्यक्ष श्रेष्ठले भने, 'पहिरो गएको क्षेत्रको अवस्था अहिले नै भन्न सकिने स्थिति छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell