PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

तनहुँमा ५ वर्षीया बालिकासहित २० जनामा देखियो कोरोना



पहिलोपोस्ट

तनहुँमा ५ वर्षीया बालिकासहित २० जनामा देखियो कोरोना

काठमाडौं : पाँच वर्षीया बालिकासहित तनहुँ जिल्लामा २० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्याङ्जामा पनि थप एक जनामा संक्रमण देखिएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ६ सय ८१ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिएका छन्।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा २१ जना नयाँ संक्रमित थपिएका हुन्। तनहुँको भानु नगरपालिका वडा नम्बर १ का २० जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये ६ जना महिला छन्। १४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।

स्याङ्जाको चाहिँ पुतली बजार नगरपालिकाका एक जना पुरुषमा संक्रमण देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell