PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

सिन्धुपाल्चोक पहिरोः चार जनाको हेलिकप्टरबाट उद्धार



पहिलोपोस्ट

सिन्धुपाल्चोक पहिरोः चार जनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा २ स्थित लिदीमा पहिरो खस्दा बेपत्ता भएका चार जनाको उद्धार गरिएको छ।

नेपाली सेनाको टोलीले हेलिकप्टर मार्फत चार जनाको उद्धार गरेको हो।' अहिलेसम्म ४ जान उद्धार गरिएको छ। बाँकीको उद्धारको लागि टोली जाँदै छ।' जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका प्रमुख एसपी प्रज्वल महर्जनले भने।

दुई जना महिला र दुई पुरुषको उद्धार गरिएको हो। उद्धारको लागि प्रहरीको टोली घटनास्थल पुग्दैछ। कार्तिके भन्ने ठाउँबाट हिंडेर प्रहरी गइरहेको एसपी महर्जनले जानकारी दिए।' हाम्रो टोली पुगिसकेको छैन। अहिलेसम्म कति क्षति भयो भन्ने आधिकारिक जानकारी आएको छैन।' एसपी महर्जनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell