PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सेनाको उद्धार टोली हेलिकप्टर सहित घटनास्थलमा



पहिलोपोस्ट

सेनाको उद्धार टोली हेलिकप्टर सहित घटनास्थलमा

काठमाडौं : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा २ स्थित लिदीमा पहिरो खस्दा फसेकाको उद्धारका लागि नेपाली सेनाको टोली पुगिसकेको छ।

बेपत्ता भएका चार जनाको उद्धार गरिसकिएको छ। नेपाली सेनाको सहसेनानीको कमाण्डमा २१ जनाको टोली उद्धारमा खटिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले जानकारी दिए।

'एउटा हाम्रो टोली फिल्डमा नै खटिरहेको छ। बाँकी टोलीलाई स्टेन्डबाइ राखेका छौं,' सहायक रथी पौडेलले भने।

दुई जना महिला र दुई पुरुषको उद्धार गरिएको हो। उद्धारको लागि प्रहरीको टोली घटनास्थल पुग्दैछ। कार्तिके भन्ने ठाउँबाट हिंँडेर प्रहरीको टोली समेत घटनास्थलतर्फ गइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell