PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

प्रदेश २ मा ५० जनामा कोभिड-१९ संक्रमण: पर्सामा २ चिकित्सक, बारामा चिकित्सकको सम्पर्कमा रहेका १९ जनालाई पनि संक्रमण



राधेश्याम पटेल

प्रदेश २ मा ५० जनामा कोभिड-१९ संक्रमण: पर्सामा २ चिकित्सक, बारामा चिकित्सकको सम्पर्कमा रहेका १९ जनालाई पनि संक्रमण

वीरगंज : प्रदेश २ मा थप ५० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये बारा, पर्सा र महोत्तरीका छन्। त्यस्तै एक जना भारतीय नागरिकमा पनि संक्रमण पुष्टि भइसकेको छ।

नारायणी अस्पताल प्रयोगशालामा भएको परीक्षणका क्रममा पर्साका २७, बाराका २० र महोत्तरीका २ जनामा संक्रमणण पुष्टि भएको छ।

संक्रमितमध्ये १२ जना महिला तथा ३८ जना पुरुष रहेका छन्। बिहीवार अबेर राति आएको रिपोर्टअनुसार २ वर्षदेखि ६२ वर्षसम्मका ब्यक्तिहरुमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए।

संक्रमितहरु नारायणी बयोधा अस्पताल गण्डकको एनआइसीयु कक्षमा कार्यरत संक्रमित चिकित्सकको कन्ट्र्याक्ट ट्रेसिङमा परेका २ जना स्वास्स्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ।

त्यस्तै नारायणी अस्पतालको विभिन्न वार्डमा काम गर्ने ७ स्वास्थ्यकर्मी र ३ सुरक्षा गार्डमा पनि कोभिड-१९ को संक्रमण पहिचान भएको छ। संक्रमण पुष्टि भएकाहरु कन्ट्र्याक्ट ट्रेसिङमा परेकाहरु बढी छन्।

संक्रमण पुष्टि भएकामध्ये एक जना वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारीसमेत छन्। त्यस्तै ग्लोबल आइएमई बैंकका एक कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ।

जितपुर सिमरा उपमहानगरको क्वारेन्टाइनमा कार्यरत एक चिकित्सको कन्टयाक्ट ट्रेसिङमा परेका १९ जनामा संक्रमण पुष्टि भएको छ।

उनीहरु जितपुरसिमरा उपमहानगरको १४, १५, १६, १७, १८, १९, २१, २२, २५ का बासिन्दा हुन्। जितपुरस्थित नेपाली सेनाका २८ वर्षीय सिपाही पनि कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी, बारा विश्रामपुरका एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell