काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानको शान्ति, विकास र समृद्धिका लागि शुभकामना दिएका छन्।
इस्लामिक रिपब्लिक पाकिस्तानको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा समकक्षी इमरान खानलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शान्ति, विकास र समृद्धिका लागि शुभकामना दिएका हुन्।
ओलीले स्वतन्त्रता दिवसका लागि प्रधानमन्त्री खानको सरकार र इस्लामिक गणतन्त्र पाकिस्तानका जनतालाई बधाई समेत दिएका छन्।
Congratulations to Prime Minister @ImranKhanPTI, the Government and people of the Islamic Republic of Pakistan on the occasion of the 74th Independence Day! Best wishes for continued peace, development and prosperity.
— K P Sharma Oli (@kpsharmaoli) August 14, 2020