PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

व्यापारीमा संक्रमण देखिएपछि विशाल बजारदेखि इन्द्रचोकसम्मका पसल बन्द

व्यापारीमा संक्रमण देखिएपछि विशाल बजारदेखि इन्द्रचोकसम्मका पसल बन्द

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : एक व्यापारीमा कोभिड-१९ संक्रमण देखिएपछि न्युरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका सबै पसलहरु बन्द गरिएको छ।

काठमाडौं महानगरपालिका वडा २४ मा पर्ने उक्त क्षेत्र आजबाट भदौ ७ गतेसम्मका लागि बन्द गर्न वडाले अनुरोध गरेको छ।

'न्युरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति २०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ,' वडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

वडाध्यक्ष बालकृष्ण श्रेष्ठको अनुरोधमा उक्त क्षेत्र बन्द गरिएको स्थानीयले जनाएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell