PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सुशान्तका परिवारको न्यायका लागि बोले कलाकारहरु, राजनीतिक एजेण्डाविहीन सिबीआई जाँच माग



पहिलोपोस्ट

सुशान्तका परिवारको न्यायका लागि बोले कलाकारहरु, राजनीतिक एजेण्डाविहीन सिबीआई जाँच माग

बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा सिबीआई जाँचको विषय सर्वौच्च अदालतमा उल्झिएको छ। विहार र केन्द्र सरकारले सिबीआईलाई मुद्दा दिनपर्ने भनिरहेका छन् भने महाराष्ट्र सरकारले मुम्बई प्रहरीले नै अनुसन्धान गर्न पाउनुपर्ने, सुशान्तका पिताको पटना प्रहरीमा दर्ता भएको उजुरी मुम्बई हस्तान्तरण गर्नुपर्ने माग गरिरहेको छ। पीडित परिवारले पनि सिबीआई जाँचको माग गरिरहेको छ।

चार पक्षीय वकिलहरुको बहसले सिबीआई जाँच सर्वोच्चमा अल्झिएका बेला कलाकारहरु भने सिबीआई जाँचको पक्षमा उभिएका छन्। सुशान्तका समकालीन अभिनेता र अभिनेत्रीहरुले सिबीआई जाँच माग गरेका हुन्।

त्यसो त सुशान्तको निधन भएको आज दुई महिना वितिसकेको छ। तर उनको निधनको कारण अझै खुल्न सकेको छैन। बरु मुम्बई पुलिस र बिहार पुलिस एकआपसमा बाँझाबाझमा उत्रिएका छन्। जसका कारण सिबीआई जाँचको माग तीव्र रुपमा उठिरहेको हो।

सामाजिक सञ्जालमा सुशान्तलाई न्याय दिलाउन अलग्गै अभियान चलिरहेको छ। यसमा सुशान्तका फ्यानका साथसाथै बलिउड कलाकारहरु कृति सेनन, वरुण धवन, मौनी रायलगायत सिबीआई जाँचको माग गरिरहेका छन्।

अभिनेत्री कृति सेननले इंस्टाग्राममा सीबीआई जांचको माग गरेकी छन्। सत्य चाँडै बाहिर आउने प्रार्थना गरेकी छन्। उनको परिवार, उनका फ्यान र मित्रलाई सत्य जान्ने अधिकार रहेको उनको भनाई छ।

सिबीआईलाई मुद्दा हस्तान्तरण गरिए राजनीतिक एजेण्डाविना जाँच हुने उनको अपेक्षा छ। परिवारले न्याय पाएमात्रै सुशान्तको आत्माले शान्ति पाउने उनी बताउँछिन्।

अभिनेता बरुण धवनले पनि इंस्टाग्राममार्फत सिबीआई जाँचको माग गरेका छन्।

कलाकार डेजी शाह, पूर्वप्रेमिकासमेत अंकिता लोखंडे, अभिनेत्री कंगना रनौत, परिणीति चोपडा, मौनी राय, संजना संघी, उनकी बहिनी श्वेता, अभिनेता सिद्धांत चतुर्वेदी, सूरज पंचोली लगायतले पनि सिबीआई जाँचका लागि जोडदार माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell