PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

गृहमन्त्री थापा सेनाको हेलिकष्टरबाट सिन्धुपाल्चोक जाँदै



पहिलोपोस्ट

गृहमन्त्री थापा सेनाको हेलिकष्टरबाट सिन्धुपाल्चोक जाँदै

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा २ स्थित लिदीमा गएको पहिरो निरिक्षण तथा उद्धार सामाग्री लिएर उडेका छन्।

नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री थापा सिन्धुपाल्चोक लागेका हुन। गृहमन्त्रीको टोलीमा गृहसचिव, विपद् प्राधिकरणका कार्यकारी प्रमुख रहेका छन्। सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगेका छन्।

पहिरोमा पुरिएकामध्ये तीन जनाको शव निकालिएको छ। पुरिएका ३८ जनामध्ये हालसम्म ३ जनाको शव निकालिएको वडा अध्यक्ष प्रताप लामाले जानकारी दिए। शवको पहिचान हुन सकेको छैन। उनका अनुसार ‍पहिरोलो ३७ वटा घर पुरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell