PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

आसाम र बिहारका बाढी पीडितलाई अक्षय कुमारको सहयोग घोषणा



पहिलोपोस्ट

आसाम र बिहारका बाढी पीडितलाई अक्षय कुमारको सहयोग घोषणा

बलिउड स्टार अक्षय कुमारले बाढी पीडितका लागि आर्थिक सहयोग घोषणा गरेका छन्। आसाम र बिहारका पीडितहरूका लागि मुख्य मन्त्री राहत कोषमा एक एक करोड दिने भएका हुन्।

उनी हाल स्कटल्यान्डमा छन्, 'बेलबटम' छायाँकनका लागि। त्यहीँबाट बाढी पीडितलाई सहयोग गर्ने बताएका हुन्। दुवै ठाउँका मुख्य मन्त्रीसँग उनले विहीवार कुराकानी गरेको बलिउड हंगामाले जनाएको छ।

यसअघि उनले प्रधानमन्त्री राहत कोषमा कोभिड-१९ विरुद्ध लड्नका लागि भन्दै २५ करोड रुपैयाँ जम्मा गराएका थिए।

अक्षय यस वर्ष फोर्बको सर्वाधिक महङ्गो कलाकारको सूचिमा छैठौं स्थानमा परे। टप १० मा परेका उनी एकमात्र बलिउड कलाकार हुन्। उनको वार्षिक कमाई ४८.५ मिलयन डलर (३ सइ ६२ करोड) रहेको छ। उनको सर्वाधिक कमाई उत्पादनहरूको विज्ञापन गरे बापत् भएको हो।

अक्षय पृथ्वी अतरङ्गी र बच्चन पाण्डेका लागि अनुबन्धित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell