PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

तेह्रौ सागमा सहभागी भलिबल खेलाडीहरुको कोरोना बिमा ट्रस्टले गरिदिने



पहिलोपोस्ट

तेह्रौ सागमा सहभागी भलिबल खेलाडीहरुको कोरोना बिमा ट्रस्टले गरिदिने

काठमाडौं: स्वर्गीय लक्ष्मीनारायण श्रेष्ठ भलिबल मेमोरिय ट्रस्टले १३ औं दक्षिण एसियाली खेलकुद सागका खेलाडीहरुको कोरोना बिमा गरिदिने भएको छ। ट्रस्टले आज एक विज्ञप्ति निकाल्दै खेलाडीको आत्मबल बढाउनका लागि ट्रस्टले कोभिड रोग बिमा गराउने निर्णय गरेको जनाएको छ।

'संक्रमणको डरबाट खेलकुद क्षेत्र पनि अछुतो छैन। यसै सन्दर्भमा यस लक्ष्मीनारायण श्रेष्ठ भलिबल मेमोरिय ट्रस्टले १३ औं दक्षिण एसियाली खेलकुद साग खेलका राष्ट्रिय महिला तथा पुरुष खेलाडीहरुको आत्मबल बढाउने उद्धेश्यले कोभिड विमा गराउने निर्णय गरेको छ,' विज्ञप्तिमा भनिएको छ, 'भाइरसको भ्याक्सिन टुंगो नलाग्दासम्म खेलाडीको आत्मबल बढाउन ट्रस्टले गराउने कोरोना बिमाले खेलाडीमा सानो भए पनि राहत महसुस हुनेछ भन्ने विश्वास लिएका छौं।'

लक्ष्मीनारायण श्रेष्ठ नेपालको पहिलो रेफ्री क्यान्डिडेड थिए। जापानबाट १० महिने भलिबल कोर्ष गरेर प्रशिक्षक बनेका उनी जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रको संस्थापक उपाध्यक्ष र प्रशिक्षक थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell