PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

'प्रहरीले पक्राउ गर्छ' भन्दै धम्क्याएर रकम उठाउने 'पत्रकार' समातिए



पहिलोपोस्ट

'प्रहरीले पक्राउ गर्छ' भन्दै धम्क्याएर रकम उठाउने 'पत्रकार' समातिए

काठमाडौं : प्रहरीको नाम लिएर ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले धादिङ निलकण्ठ नगरपालिका वडा १४ घर भई हाल काठमाडौं बस्दै आएका ३६ वर्षीय शंकर अधिकारीलाई नियन्त्रणमा लिएको हो।

उनी आलोचना साप्ताहिकका पत्रकारसमेत भएको खुलेको छ।

अधिकारीले 'एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको छ। सिआइबीले पक्राउ गर्ने तयारी गरेको छ' भन्दै डर त्रास दिएर पैसा लिएको उजुरी परेपछि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

अधिकारीले सिआइबीका प्रहरी निरीक्षकलाई पाँच लाख रुपैयाँ दिए मुद्दा मिल्ने भन्दै ठगी गर्न खोजेको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell