PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

भरतपुरस्थित क्यान्सर अस्पतालमा ६ जनामा कोभिड-१९ को संक्रमण



पहिलोपोस्ट

भरतपुरस्थित क्यान्सर अस्पतालमा ६ जनामा कोभिड-१९ को संक्रमण

काठमाडौं : भरतपुर स्थित बीपी कोइराला क्यान्सर अस्पतालमा ६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

अस्पतालमा रहेका विरामी तथा स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाले जनाएको छ।

संक्रमण पुष्टि हुनेमा पाँच महिला र एक पुरुष रहेका छन्। यसअघि पनि क्यान्सर अस्पतालमा उपचाररत विरामीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।

पछिल्लो पटक चितवनका अस्पतालहरुमा उपचाररत विरामी तथा स्वास्थ्यकर्मीमा संक्रमण देखिन थालेको छ।

बिहीवार मात्र भरतपुर अस्पतालमा १५ जनामा संक्रमण पुष्टि भएको थियो। अस्पतालमा उपचाररत विरामी तथा स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि भरतपुर अस्पतालको इमरजेन्सी वार्ड सिल गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell