PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

पीसीआर टेस्ट गर्न आफ्ना स्वास्थ्यकर्मीलाई भरतपुर अस्पतालको आग्रह, रिपोर्ट नआउँदासम्म सेल्फ आइसोलेसनमा बस्न निर्देशन



पहिलोपोस्ट

पीसीआर टेस्ट गर्न आफ्ना स्वास्थ्यकर्मीलाई भरतपुर अस्पतालको आग्रह, रिपोर्ट नआउँदासम्म सेल्फ आइसोलेसनमा बस्न निर्देशन

काठमाडौं : अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा कोभिड-१९ को संक्रमण पुष्टि हुन थालेसँगै भरतपुर अस्पतालले आफ्ना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। कर्मचारीलाई संक्रमणसम्बन्धी लक्षण देखिए कोभिड-१९ परीक्षण गराउन अनुरोध समेत गरेको छ।

अस्पतालमा विभिन्न कार्य जिम्मेवारीका साथ कार्यरत कर्मचारीहरुमा ज्वरो आउने, जीउ, हातखुट्टा दुख्ने, टाउको दुख्ने र रुघाखोकी लागेमा वा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएमा परीक्षणका लागि स्वाब संकलन गराउन अनुरोध गरेको छ। त्यसरी नमुना दिएपछि रिपोर्ट नआउँदासम्म होम क्वारेन्टाइनमा बस्न भनेको छ।

रिपोर्ट नेगेटिभ आएपछिमात्र विभागिए प्रमुख वा इन्चार्जसँग समन्वय गरी काममा खटिन कर्मचारीलाई अस्पतालले अनुरोध गराउनु।

यसअघि बिहीवार अस्पतालमा कार्यरत कर्मचारी तथा विरामीमा संक्रमण पुष्टि भएसँगै अस्पतालको इमरजेन्सी वार्ड सिल गरिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell