PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा, तीन हप्तापछि अवस्था स्थिर हुने किमको दावी



रासस

उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा, तीन हप्तापछि अवस्था स्थिर हुने किमको दावी

सोल : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन्। छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन लगाइएको समाचारमा जनाइएको छ। लकडाउन लगाइएको सहरका हजारौ मानिस अहिले क्वारेन्टइनमा रहेको अधिकारीहरुले जनाएका छन्।

बिहिबार बसेको सत्तारुढ दलको पार्टीको बैठकमा सर्वोच्च नेता किमले कुनै पनि विदेशी सहयोग स्वीकार नगर्ने जानकारी गराएका थिए। उनले सवै सीमा नाका बन्द गरिरहनु पर्नेमा पनि जोड दिएको सरकारी सञ्चार माध्यमले शुक्रबार जनाएको छ।

उत्तर कोरियाले कोभिड १९ विरुद्ध आक्रामक रुपमा आफै लड्ने तयारी भइरहेको पनि जानकारी दिएको छ। साथै हालैका दिनमा बाढीका कारण भत्किएका घर, सडक र पुलहरुको पुनर्निर्माण गर्ने कार्यलाई समेत तीव्रता दिएको किमले बताए।

उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले मन्त्रिपरिषद्का सदस्यहरुको जिम्मेवारी हेरफेर पनि गरिएको जनाएको छ। सर्वोच्च नेता किमले महत्वकांक्षासहित गत बर्षको डिसेम्बरमा पाँच वर्षे राष्ट्रिय विकास योजना घोषणा गरेका थिए।

तर कतिपय विज्ञहरुले भने कोरोनाका कारण उत्तर कोरियामा थप आर्थिक संकटमा पर्नसक्ने विश्लेषण गरेका छन्। बैठकमा नेता किमले तीन हप्तापछि कोरोना महामारी स्थिर अवस्थामा पुग्ने विश्वास व्यक्त गरेका थिए।

नेता किमले यसअघि गत जुलाई अन्त्यतिर पनि पूर्ण लकडाउन तथा संकटकालको घोषणा गरेका थिए। त्यसबेला धेरै प्रतिवन्धात्मक व्यवस्थाहरु लागू गरिएको थियो। एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell