PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

मल बिक्रीमा कालोबजारी गर्ने दुई जना पक्राउ, ५५ बोरा मल बरामद



राधेश्याम पटेल

मल बिक्रीमा कालोबजारी गर्ने दुई जना पक्राउ, ५५ बोरा मल बरामद

वीरगंज : बारा प्रहरीले रासायनिक मल बिक्रीमा कालोबजारी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कलैया-१ राजदेवीस्थित कुशवाहा बिज भण्डारका सञ्चालक कलैया १७ बस्ने वर्ष ३४ का मुरारी साह तेली र सोही स्थानमा सञ्चालनमा रहेको आशिका मिनीमाई कृषि सहकारीका सञ्चालक महागढिमाई नपा १ का धनन्जय प्रसाद साह रहेका छन्।

दुवै पसलले बढि मूल्यमा मल बिक्री गरेको जिल्ला प्रहरी कार्यालयमा परेको उजरीको आधारमा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराए।

उनका अनुसार कृषि सामग्री कम्पनी वीरगंज क्षेत्रीय कार्यालयबाट खरिद गरिएको मलमा ५० रुपैयाँ भन्दा बढी नाफा लिन नपाइने तर पसलेहरुले प्रति बोरा २ सय देखि ५ सय सम्ममा पनि बिक्री गरेको उजुरी आएकोले नियन्त्रणमा लिएर कालोबजारी मुद्दा दर्ता गर्ने तयारी रहेको छ।

प्रहरीले दुवै पसलबाट १९ बोरा युरिया, १४ बोरा सल्फेट र २२ बोरा भारतीय मल गरी ५५ बोरा मल बरामद गरेको पनि जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell