काठमाडौं : काठमाडौं उपत्यकामा थप ११९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ५९४ जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा धेरै काठमाडौं जिल्लाका छन्।
काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जना संक्रमित पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा पर्सामा ७१ र मोरङमा ६३ जना संक्रमित पहिचान भएका छन्। धनुषामा ५५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
११ हजार ५ सय ७५ जनामा परीक्षण गरिएकोमा ५९४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ।
शुक्रवार मन्त्रालयले ४ जना संक्रमितको मृत्यु भएको जनाएको छ। मृतकको संख्या ९९ पुगेको मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
संक्रमण पुष्टि भएकामध्ये १७ हजार ७७ जना संक्रमित निको भइसकेका छन्। हालसम्म प्रदेश १ मा एक हजार ७१, प्रदेश २ मा तीन हजार ४९७, वाग्मतीमा ६३८, गण्डकीमा एक हजार ५१२, प्रदेश ५ मा चार हजार २७९, कर्णालीमा एक हजार ९२४, र सुदूरपश्चिम प्रदेशमा १७ हजार ७७ जना संक्रमित डिस्चार्ज भइसकेका छन्।

