PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि



रासस

प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि

रुपन्देही : प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कोरोना नियन्त्रणमा क्रियाशील स्वास्थ्य महाशाखाका एक कर्मचारीमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोदकुमार गिरीले जानकारी दिए।

मन्त्रालयको स्वास्थ्य महाशाखाकै कर्मचारीमा कोरोना देखिएपछि सामाजिक विकासमन्त्री सुदर्शन बरालका साथै अन्य कर्मचारीको समेत स्वाब परीक्षण गरिएको छ। मन्त्री बरालको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमुख गिरीले बताए। मन्त्रालयका अन्य कर्मचारीको पनि स्वाब संकलन गरिएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell