PahiloPost

Nov 14, 2025 | २९ कात्तिक २०८२

२० प्रतिशत शय्या कोभिड-१९ का लागि छुट्याउन निजी अस्पताललाई मन्त्रालयको अनुरोध



रासस

२० प्रतिशत शय्या कोभिड-१९ का लागि छुट्याउन निजी अस्पताललाई मन्त्रालयको अनुरोध

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमण बढिरहेकाले निजी अस्पताललाई पनि २० प्रतिशत शय्या कोभिड-१९ को व्यवस्थापनका लागि राख्न अनुरोध गरेको छ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकासहित देशभरि नै संक्रमण बढिरहेकाले कोभिड-१९ का बिरामी राख्न निजी अस्पताललाई २० प्रतिशत शय्याको व्यवस्थापन गर्न आग्रह गरिएको बताए। अहिले काठमाडौंका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल, भक्तपुर अस्पताल र कीर्तिपुरस्थित आयुर्वेदिक अस्पताल कोभिड-१९ हब अस्पतालका रुपमा रहेका छन्।

उनले कुनै पनि अस्पतालमा भर्ना भएका बिरामी कोभिड-१९ को संक्रमण भएपछि हब अस्पतालको संयोजनमा सोही अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताए। नेपालमा अहिलेसम्म २५ हजार ५५१ जना संक्रमित भइसकेका छन्। तीमध्ये १७ हजार ७७ जना निको भएर घर फर्किसकेका छन् भने ९९ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell