PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

दक्षिणकाली नगरपालिकामा भदौ ८ सम्म लकडाउनको घोषणा, खाद्यान्न पसल मात्रै बिहान ९ बजेसम्म खुल्ने



पहिलोपोस्ट

दक्षिणकाली नगरपालिकामा भदौ ८ सम्म लकडाउनको घोषणा, खाद्यान्न पसल मात्रै बिहान ९ बजेसम्म खुल्ने

काठमाडौं : दक्षिणकाली नगरपालिकामा लकडाउन गर्ने निर्णय गरिएको छ। शुक्रवार नोभेल कोरोना रोग रोकथाम तथा नियन्त्रण नगर स्तरीय समन्वय समितिका संयोजक एवं नगर प्रमुख मोहन बस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

शनिवारदेखि लागू हुने गरी भदौ ८ गते सम्मका लागि लकडाउन गरिएको नगरपालिकाले जनाएको छ। सो अवधिमा अति आवश्यक दैनिक उपभोग्य सामग्री बिक्री गर्ने पसलहरु मात्र बिहान ९ बजेसम्म सञ्चालन गर्न पाइने बताइएको छ। अत्यावश्यक पसल सञ्चालन गर्दा तोकिएको मापदण्डहरु पूर्ण रुपले पालना गर्ने गराउने व्यवस्था मिलाउनु पर्ने नगरपालिकाले उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell