PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

कोरोना संक्रमित बढेपछि दोलखामा भदौ ६ गतेसम्म लकडाउन



पहिलोपोस्ट

कोरोना संक्रमित बढेपछि दोलखामा भदौ ६ गतेसम्म लकडाउन

काठमाडौँः कोरोना संक्रमित बढेपछि दोलखामा लकडाउन गरिएको छ। जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबारको बैठकले भदौ ६ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो। शुक्रबारमात्र गौरीशंकर गाउँपालिकामा थप पाँच जना संक्रमित फेला परेका थिए। जसमा तीन जना गाउँपालिकामा कार्यरत कर्मचारी छन्।

समितिले अत्यावश्यक बाहेकका काममा घरबाहिर ननिस्कन सर्वसाधरणलाई आग्रह गरेको छ। यस्तै, अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका अन्य सरकारी कार्यालय पनि बन्द गर्ने निर्णय समितिले गरेको छ।

जिल्लामा सबै प्रकारका सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ। अत्यावश्यक बस्तु विक्री गर्ने बाहेकका अन्य पसलहरु पनि बन्द गर्ने निर्णय समितिले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell