PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वीरगंजमा शुक्रवार ३६ जना कोरोना संक्रमणमुक्त



राधेश्याम पटेल

वीरगंजमा शुक्रवार ३६ जना कोरोना संक्रमणमुक्त

वीरगंज : वीरगंजमा शुक्रवार एकै दिन ३६ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन्। जसमा ५ महिला र ३१ जना पुरुष रहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए।

उनका अनुसार वीरगंज हेल्थकेयर कोभिड अस्पतालबाट ५ महिलासहित २८ जना डिस्चार्ज भएका हुन् भने गण्डक अस्पतालबाट ८ जना पुरुष डिस्चार्ज भएका हुन्। १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिहरु वीरगंजको वडा नम्बर ६, ११, १०, १२, १६, २२, २५ लगायत वडाका रहेका छन्।

३ जना पर्साको सुखवा प्रसौनी गाउँपालिकाको रहेको जनाइएको छ। गण्डक कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिंहका अनुसार पछिल्ल्लो समयमा स्वाब संकलन न्यून मात्रामा भइरहेकोले पोजिटिभ केस घटेको र डिस्चार्ज हुनेको संख्यामा वृद्धि भएको बताए।

यता, स्वास्थ्य कार्यालय पर्सा, वीरगंज महानगर र अन्य पालिका मिलेर पर्सामा कोरोना संक्रमण नियन्त्रण गर्न विभिन्न योजना बनाएर अघि बढेको बताइएको छ। एकै पटक धेरै स्वाब संकलन गर्दा धेरै संक्रमित भेटिएपछि उनीहरुको व्यवस्थापनमा समस्या आएको थियो। अहिले पनि ४०६ जना संक्रमित होम आइसोलेसनमा बसेका छन्। जसको रिटेस्ट र औषधि उपचारमा महानगरले खासै चासो नदिएको संक्रमितहरुको गुनासो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell