काठमाडौँः काठमाडौँको मनमैजुमा चक्कु प्रहार गरेर एक युवकको हत्या गरिएको छ।
तीन-चार जनाको समूहले २४ वर्षीय लक्ष्मण तामाङलाई चक्कु प्रहार गरेर हत्या गरेका हुन्। राति करिब साढे ८ बजेतिर चक्कु प्रहारबाट घाइते तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।
हत्यामा संलग्न युवाको पहिचान भइसकेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
