PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

मनमैजुमा चक्कु प्रहार गरि एक युवकको हत्या



पहिलोपोस्ट

मनमैजुमा चक्कु प्रहार गरि एक युवकको हत्या

काठमाडौंः  मनमैजुमा चक्कु प्रहार गरि एक युवकको हत्या गरिएको छ। 
तीन चार जनाको समुहले २४ वर्षीय लक्ष्मण तामाङलाई चक्कु प्रहार गरि हत्या गरेका हुन्। राति करिव साढे ८ बजेतिर चक्कु प्रहारबाट घाइते तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।
हत्यामा संलग्न केही युवाको पहिचान भइसकेकाले खोजी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell