काठमाडौँः काठमाडौँको मनमैजुमा चक्कु प्रहार गरेर एक युवकको हत्या संलग्न भएको आशंकामा प्रहरीले तीन जना युवकलाई नियन्त्रणमा लिएको छ।
शुक्रवार राति तीन-चार जनाको समूहले २४ वर्षीय लक्ष्मण तामाङलाई चक्कु प्रहार गरेर हत्या गरेका थिए। राति करिब साढे ८ बजेतिर चक्कु प्रहारबाट घाइते तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। मनमैजुको मितेरी पुल नजिकै हत्या भएको थियो। हत्या संलग्न मुख्य अभियुक्त भने फरार रहेका छन्।
'तीन जना युवकलाई नियन्त्रणमा लिएका छौं। मुख्य अभियुक्त खोजी भइरहेको छ। उनीहरु घटना भएको समयमा त्यही थिए।' एक प्रहरी अधिकृतले भने।
हत्या भएपछि दोर्जे नाम गरेका युवक भने फरार भएका हुन्। उनी ट्याक्सी चढेर भागेका थिए। उनीहरु सुकुम्वाासी टोलमा बस्दै आएका थिए।
