PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

वीरगंजमा थप एक जना संक्रमितको मृत्यु, पर्सामामात्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो



राधेश्याम पटेल

वीरगंजमा थप एक जना संक्रमितको मृत्यु, पर्सामामात्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो
फाइल फोटो

वीरगंज : वीरगंजमा कोरोना(कोभिड-१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। वीरगंज-१२ मुर्लीका ६० वर्षीय वृद्धको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको हो।

उनको हिजो राति ७ बजे गण्डक कोभिड अस्पतालमा मृत्यु भएको गण्डक कोभिड अ्स्पतालका संयोजक डा.उदयनारायण सिंहले बताए।

गत साउन २४ गते नारायणी अस्पताल प्रयोगशालाबाट पीसीआर परिक्षणमा पोजेटिभ आएपछि उनलाई थप उपचारको लागि गण्डक अस्पतालमा भर्ना गरी क्याबिनमा उपचार भइरहेको थियो।

उनका छोरा पनि संक्रमित रहेकोमा दुबैलाई क्याबिनमा राखेर उपचार भइरहेकोमा अचानक स्वास्थ्यमा गडबडी देखिँदा अस्पतालका चिकित्सक गएर हेर्दा उनको मृत्यु भएको पाइएको थियो। यससँगै पर्सामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भइसकेको  छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell