PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

वीरगंजमा थपिए २३ संक्रमित : उच्च अदालतदेखि बैंकका कर्मचारीमा पनि संक्रमण पुष्टि



राधेश्याम पटेल

वीरगंजमा थपिए २३ संक्रमित : उच्च अदालतदेखि बैंकका कर्मचारीमा पनि संक्रमण पुष्टि

वीरगंज : पर्साका २० र बाराका ३ गरी वीरगंजमा २३ जना कोरोना(कोभिड-१९) संक्रमित थपिएका छन्। नारायणी अस्पताल पीसीआर प्रयोगशालाले शुक्रवार अबेर राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ११ वर्षको बालकदेखि ६५ वर्षको वृद्धमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

संक्रमित ७ जना महिला र १६ जना पुरुष रहेका छन्। संक्रमित हुनेमा उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगंज परिसरभित्र रहेको उच्च सरकारी वकिलको कार्यालयका एक जना २८ वर्षीय खरिदार हुन्।

त्यसैगरी, बारा, जितपुर बजारस्थित नेपाल इन्भेष्टमेन्ट बैंकका २८ वर्षीय कर्मचारी, स्वालम्बन लघुवित वितिय संस्था वीरगंजमा कार्यरत ५३ वर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको नारायणी अस्पताल प्रयोगशालाले जनाएको छ।

वीरगंज हेल्थकेयर अस्पतालमा वीरगंज १८ भवानीपुर बस्ने ३० र ५० वर्षिय दुई कर्मचारी, नारायणी बयोधा अस्पतालकी ३५ वर्षिय सफाईकर्मी र २४ वर्षे क्यान्टिन चलाउने पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। त्यसैगरी, नारायणी अस्पतालका एक जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। बारा, कलैया १२ की ४१ वर्षीया महिला, जितपुरका नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारी तथा बयोधा अस्पतालका सफाईकर्मी बाराका बासिन्द्या हुन् भने बाँकी २० जनामध्ये १९ जना वीरगंजका विभिन्न वडा र एक जना पर्सागढी नगरपालिकाका बासिन्दा हुन्। वीरगंजको १९ जना संक्रमित वडा नं २, छपकैया, ६ माईस्थान, १३ राधेमाई, १५ भिस्वा, लक्षुमानावा, १६ नगवा, १८ भवानीपुर, २० अपौनीलगायत वडाका बासिन्दा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell