PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

मनमैजु हत्या प्रकरण : केटीको विषयमा विवाद हुँदा चक्कु प्रहार गरी हत्या



पहिलोपोस्ट

मनमैजु हत्या प्रकरण : केटीको विषयमा विवाद हुँदा चक्कु प्रहार गरी हत्या

काठमाडौं : मनमैजुमा चक्कु प्रहार गरेर एक युवकको हत्या संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रवार राति तीन-चार जनाको समूहले २४ वर्षीय लक्ष्मण तामाङलाई चक्कु प्रहार गरेर हत्या गरेका थिए। हत्या गरि फरार भएकामध्ये तीन जनालाई प्रहरीले शुक्रवार नै नियन्त्रणमा लिएको थियो।

घटनाका मुख्य अभियुक्त दोलखा गौरीशंकर गाउँपालिका वडा नम्वर ३ डाँडाखर्क घर भएका २४ वर्षीय आङदोर्जे शर्पालाई नियन्त्रणमा लिएको हो।राति करिब साढे ८ बजेतिर चक्कु प्रहारबाट घाइते तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियो।

माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको कोठा नम्वर १०१ मा लुकीछिपी बसिरहेको अवस्था प्रहरीले नियन्त्रणमा लिएको हो।शुक्रवार गोर्खाली खाजा घरमा लक्ष्मण तामाङ र दोर्जे शेर्पा समेतको केटाहरु विच झगडा हँदा चक्कु प्रहार भएको थियो।

केटीको विषयमा झगडा हुँदा हत्या भएको खुलेको छ। 'केटीको विषयमा झगडा भएको देखियो। हामीले संलग्न अभियुक्तलाई नियन्त्रणमा लिइसकेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले भने। मृतकी श्रीमती र पूर्वप्रेमिका विचको झगडा बढ्दै गएपछि 'ग्याङ फाइट'मा मृत्यु भएको खुलेको छ।

उनी ट्याक्सी चढेर भागेका थिए। उनीहरु सुकुम्वासी टोलमा बस्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell