PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कपिलवस्तुका कोभिड-१९ संक्रमितको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु



पहिलोपोस्ट

कपिलवस्तुका कोभिड-१९ संक्रमितको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु

काठमाडौं : रुपन्देहीमा उपचारका क्रममा एक जना कोभिड-१९ का संक्रमितको मृत्यु भएको छ।

कपिलवस्तुका ४२ वर्षका पुरुषको लुम्विनी प्रादेशिक अस्पतालको आइसीयुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए। तीन दिन अगाडि मात्र उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा शनिवार बिहान मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

उनको फोक्सोमा समस्या देखिएको थियो। यसअघि पनि लुम्विनी प्रादेशिक अस्पतालको कोभिड-१९ विशेष अस्पताल धागो कारखानामा कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको थियो।

लुम्विनी प्रादेशिक अस्पतालमा उनीसहित ८ जना कोभिड-१९ संक्रमितको आइसीयुमा राखेर उपचार भइरहेको छ। स्वास्थ्य निर्देशनालय प्रदेश ५ का अनुसार अस्पतालमा सामान्य अवस्थाका १९ जना संक्रमित पनि उपचारका क्रममा रहेका छन्।

योसँगै प्रदेशमा मृत्यु हुनेको संख्या १६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell