PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सञ्जय दत्त: पहिला फिल्मको शुटिङ सक्ने अनि मात्रै उपचारका लागि अमेरिका जाने



पहिलोपोस्ट

सञ्जय दत्त: पहिला फिल्मको शुटिङ सक्ने अनि मात्रै उपचारका लागि अमेरिका जाने

फोक्सो क्यान्सरबाट पीडित बलिउड अभिनेता सञ्जय दत्त फिल्मको शुटिङ सकाएर मात्रै उपचारका लागि अमेरिका जाने भएका छन्।

उनको फिल्म 'सडक २' को ट्रेलरसमेत रिलिज भइसकेको छ। आउँदो हप्तासम्म बाँकी रहेको शुटिङ सक्ने सञ्जयको योजना छ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्म 'सडक २' मा उनको भागको डबिंगको केही काम बाँकी छ। जसलाई सकाएर उनी उपचारका लागि प्रस्थान गर्नेछन्। आउँदो हप्तासम्म यो काम सकिनेछ। त्यसपछि उनी मेडिकल ब्रेकमा जानेछन्। 'सड़क २' यसै महिनाको अन्तिम साता अर्थात २८ अगस्टमा रिलिज हुनेछ।

हाल सञ्जय घरमै आराम गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell