PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

उपत्यकामा ९८ जनासहित देशभर थप ४६८ जनामा कोभिड-१९ को संक्रमण



पहिलोपोस्ट

उपत्यकामा ९८ जनासहित देशभर थप ४६८ जनामा कोभिड-१९ को संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ४६८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका ३९ प्रयोगशालामा भएको ११ हजार ४७ स्बाव परीक्षणका क्रममा ४६८ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या २६ हजार १९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्युमा कोभिड-१९ पहिचान भएको छ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा काठमाडौं उपत्यकामा ९८ जना रहेका छन्। जसमध्ये काठमाडौं जिल्लामा ८०, ललितपुर र भक्तपुरमा ९/९ जनामा संक्रमण पहिचान भएको छ।

यसैबीच पछिल्लो २४ घण्टामा १२४ जना उपचार पछि निको भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार २०१ पुगेको छ।

पछिल्लो २४ घण्टामा मृत्युको कारण कोभिड-१९ पहिचान भएकाहरुमा कपिलवस्तु पर्सा र धनुषाका १/१ छन्। योसँगै मृत्यु हुनेको संख्या १०२ पुगेको छ।

कपिलवस्तु मायादेवी १ का ४२ वर्षका पुरुषको आज विहान लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।

त्यस्तै पर्सा जिल्ला वीरगंज १ का ६० वर्षका पुरुषको नारायणी अस्पतालमाको अस्थायी कोभिड अस्पताल गण्डकमा मृत्यु भएको छ।

त्यस्तै धनुषा जिल्लाको जनकनन्दन गाउँपालिकाका ५० वर्षका पुरुषको २९ गते मृत्यु भएकोमा उनमा पनि कोभिड-१९ को संक्रमण पहिचान भएको छ।

हालसम्म मृत्यु भएका मध्ये सबै भन्दा बढी प्रदेश २ मा ४४ जनाको मृत्यु भएको छ।

त्यस्तै बागमतीमा १८, प्रदेश ५ मा १३, प्रदेश १ मा ९ सुदुरपश्चिममा ८ गण्डकीमा ६ र कर्णालीमा ४ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell