PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

वीरगंजमा कोरोना संक्रमणका कारण एक ४७ वर्षीय पुरुषको मृत्यु



राधेश्याम पटेल

वीरगंजमा कोरोना संक्रमणका कारण एक ४७ वर्षीय पुरुषको मृत्यु

वीरगंज : वीरगंजमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्युु भएको छ। मृत्यु हुनेमा वीरगंज-२६ अठरहा, सुगौलीका ४७ वर्षीय पुरुष रहेका छन्।

उनको शव नारायणी अस्पतालको आकस्मिक कक्षमा राखिएको छ। आज बिहान अचानक उनको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि ५ बेडको आइसोलेसनसहितको नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याएको केही बेरमा उनको मृत्यु भएको थियोे।

उनलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएको थियो भने नाक र मुखबाट रगत निस्किन थालेपछि परिवारजनले अस्पताल लगेका थिए। मृत्युुपछि नारायणी अस्पतालमा परीक्षण गरिएको स्वाबको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ।

योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell