PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

मोरङका ६४ जनासहित प्रदेश १ मा आज ८६ जनामा कोरोना संक्रमण पुष्टि



फूलमाया पुरी

मोरङका ६४ जनासहित प्रदेश १ मा आज ८६ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर : प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा ६४, सुनसरीमा १९, तेह्रथुम, ओखलढुङ्गा र उदयपुरमा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा मात्र ४० जनामा कोरोना संक्रमण देखिएको छ। जसमा १९ महिला र २१ पुरुष रहेका छन्। त्यस्तै, रंगेलीमा ३ महिला र ६ पुरुष, धनपालथानमा ५ महिला, जहदामा १ महिला र २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, सुन्दरहरैचामा २ पुरुष, बुढीगंगामा १ महिला र १ पुरुष, ग्रामथान र सुनबर्षीमा १/१ पुरुष र कानेपोखरीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ।

त्यस्तै, सुनसरीको धरानमा २ महिला र ९ पुरुष, रामधुनीमा ५ पुरुष, बर्जुमा ३ पुरुष, तेह्रथुमको म्याङलुङ, ओखलढुङ्गाको सिद्धिचरण र उदयपुरको त्रियुगामा १/१ पुरुषमा कोरोना संक्रमणको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएकव छ।

प्रदेश १ मा आजसम्म कोरोना संक्रमितको संख्या १ हजार ९ सय ७ पुगेको छ।

प्रदेश १ मा आज १ हजार ९ सय ४८ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ३२ महिला र ५४ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको कोभिड १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समिति संयोजक डा सरोज विशालले जानकारी दिए।

प्रदेश १ मा आजसम्म ६४ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ। त्यसो त प्रदेश १ मा आज डिस्चार्ज हुनेको संख्या शून्य रहेको पनि सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा हिजो डिस्चार्ज भएका ३५ जनासहित हालसम्म डिस्चार्ज हुनेको संख्या एक हजार ७५ जना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell