PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

चार स्वास्थ्यकर्मी र एक प्रहरीसहित विराटनगरमा १३ जना संक्रमित थपिए



फूलमाया पुरी

चार स्वास्थ्यकर्मी र एक प्रहरीसहित विराटनगरमा १३ जना संक्रमित थपिए

विराटनगर : विराटनगरमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विराटनगर महानगरपालिकामा १० महिला र ३ पुरुषमा संक्रमण देखिएको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कोभिड १९ टिमका राजेन्द्र कुइकेलले जानकारी दिए।

संक्रमितहरुमध्ये विराट मेडिकल कलेजका ३ जना, मोरङ सहकारी अस्पतालका एक जना कर्मचारी समेत रहेका छन् भने एक जना प्रहरी रहेको कुइकेलले बताए।

कुइकेलका अनुसार विराटनगर महानगरपालिका वडा नम्बर ३ का तीन जना र ९ नम्बर वडाका ५ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै, वडा नम्बर २, ५, १०, ११ र १६ का १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

‘थपिएका संक्रमितहरुको संक्रमण देखिएको फरक फरक क्षेत्रबाट यान्डम्ली स्वाब संकलन गरिएको थियो,’ कुइकेलले भने।

नयाँ थपिएका १३ जनासहित पछिल्लो २४ घण्टामा विराटनगर महानगरपालिकामा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए।

विराटनगर महानगरपालिकामा हालसम्म ४ सय ८२ जना कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell