भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।
भारतीय टिमका सबैभन्दा सफल कप्तान मानिने धोनीले इन्स्टाग्राममार्फत आफुले सन्यास लिएको जानकारी दिएका हुन्। इन्स्टाग्राम पोस्टमा उनले लेखेका छन् : तपाईहरुको तर्फबाट मिलेको माया र समर्थनको लागि धन्यवाद। आज ७: २९ बजेपछि मलाई रिटायर्ड सम्झनुहोस।
उनले पछिल्लो समय विश्वकपमा न्युजिल्यान्डविरुद्ध खेलेका थिए।
विहारको झारखण्डमा जन्मिएका ३९ वर्षीय धोनीले भारतलाई दुईपटक विश्व विजेता बनाएका थिए। उनले एकदिवसिय क्रिकेटमा २०० भन्दा बढी खेलमा कप्तानी गरेका थिए। जसमा १ सय १० खेलमा उनले जित दिलाउन सफल भए। उनले सन् २००७ मा भारतलाई टी २० विश्वकप र सन् २०११ एकदिवसीय विश्वकप ट्रफी दिलाएका थिए। २०१४ मा उनले टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए।
सन् २००४ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए धोनीले। उनले ९० टेस्ट, ३५० वानडे र ९८ टी २० खेलेका छन्। जसमा ४८७६, १०७७३ र १६१७ रन क्रमश बनाएका छन्। आइपिएलमा उनले १ सय १९० म्याचबाट ४४३२ रन बनाएका छन्।
