भारतीय क्रिकेट टिमका अनुभवी ब्याट्सम्यान सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छ्न्। उनीसँगै पूर्वकप्तान महेन्द्रसिंह धोनीले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट आजै सन्यास लिएका थिए। आइपीएल सुरु हुनै लाग्दा चेन्नाइ सुपर किंग्सका दुई ब्याट्सम्यानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।
रैनाले इन्स्टाग्रामा पोस्ट गर्दै धोनीको बाटो हिँड्न चाहेको उल्लेख गरेका छन्।
‘माही अरु केही होइन तपाईँसँग खेल्न राम्रो लाग्छ। पूरा मनदेखि गर्वका साथ म तपाईँको यो यात्रामा सहभागी हुन चाहन्छु। धन्यवाद इन्डिया। जय हिन्द।’
रैनाले सन् २००५ जुलाई ३० मा श्रीलंकाविरुद्ध भारतीय राष्ट्रिय टिममा डेब्यू गरेका थिए। उनले १८ टेस्टमा ७८८ रन र एक दिवसीयमा २२६ खेलमा ५६१५ रन बनाएका छन्। त्यस्तै ७८ टी २० खेलेका उनले १६०५ रन बनाएका छन्।
