PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

वीरगंजमा ३४ जनाले जिते कोरोना : काँग्रेस केन्द्रीय सदस्य चौरसियासहित दुई मिर्गौला पीडित पनि डिस्चार्ज



राधेश्याम पटेल

वीरगंजमा ३४ जनाले जिते कोरोना : काँग्रेस केन्द्रीय सदस्य चौरसियासहित दुई मिर्गौला पीडित पनि डिस्चार्ज

वीरगंज : वीरगंजको दुई वटा कोभिड अस्पतालबाट शनिवार पनि ३४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। लागातार दुई पटकको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएको नारायणी अस्पतालले जनाएको छ।

डिस्चार्ज हुनेमा वीरगंज हेल्थकेयर अस्पतालबाट ५ महिलासहित २९ जना र गण्डक अस्पतालबाट ५ जना पुरुष गरी कुल ३४ जना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेमा ८ वर्षदेखि ६५ वर्षसम्मका रहेका छन्। अधिकांश संक्रमित वीरगंज महानगरको विभिन्न वडाका रहेका छन्।

कोरोनालाई जितेर घर फर्किनेमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरसिया, वीरगंज कारागारका जेलर श्रवण पोखरेल, वीरगंज-४ विर्ताका वडा अध्यक्ष जगत साह कानुलगायत रहेका छन्। वीरगंज -११ श्रीपुरकी २७ वर्षकी एक र पोखरिया नपा १ कि ३५ वर्षिया गरी दुई जना मिर्गौला पीडित पनि कोरोनालाई जितेर घर फर्केका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell