PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

म्यानचेस्टर सिटीलाई हराउँदै लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा



पहिलोपोस्ट

म्यानचेस्टर सिटीलाई हराउँदै लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा

च्याम्पियन्स लिग अन्तर्गत आजराति भएको खेलमा म्यानचेस्टर सिटीलाई हराउँदै लियोन सेमिफाइनलमा प्रवेश गरेको छ। पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लबले इङ्ग्लिस क्लब सिटीलाई ३-१ गोलअन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो।

लियोनको जितमा मौसा डेम्बेलेले दोहोरो गोल गरे। त्यस्तै म्याक्सवेल कोर्नेटले एकगोल गर्दा सिटीका लागि केभिन डी ब्रुइनले सान्त्वना गोल फर्काए।

खेलको २४ औं मिनेटमा लियोनले अग्रता बनाएको थियो। लियोनका मिडफिल्डर कोर्नेट आफ्नो टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा लियोन एक गोलले अघि रह्यो।

दोस्रो हाफमा सिटीले खेल बराबरीमा ल्यायो। रहिम स्ट्रलिङको पासमा डी ब्रुइनले ६९ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। तर यो लामो समय भने टिक्न सकेन। त्यसको १० मिनेट भित्रै लियोनले फेरि अग्रता लियो। यसपटक लियोनका लागि डेम्बेलेले गोल गरेका थिए। त्यस्तै ८७ औं मिनेटमा फेरि डेम्बेलले ब्यक्तिगत दोस्रो गर्दै लियोनको जित सुरक्षित गरे।

यो सँगै च्याम्पियन्स लिगको सेमिफाइनलमा दुई जर्मन (बायर्न म्युनिख र आरबी लाइपजिग) र दुई फ्रेन्च टिम (पिएसजी र लियोन) रहने छन्। सेमिफाइनलमा लियोनले बायर्नको सामना गर्नेछ भने अर्को खेलमा लाइपजिग र पिएसजी भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell