PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा यथावत



रासस

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा यथावत

काठमाडौँ : विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ। पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो। यही कारण वरियतामा कुनै फेरबदल नभएको हो। पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ। एशियाली देशतर्फ नेपाल २१औँ स्थानमा छ। दक्षिण एशियाली देशको वरियतामा नेपालको स्थान दोस्रो छ।

यस्तै फिफा वरियतामा दक्षिण एशियाली देश भारत ५५औँ, बङ्गलादेश १३४ औँ, श्रीलङ्का १४०औँ, माल्दिभ्स १४२ औँ तथा भुटान १५४ औँ स्थानमा रहेका छन्। विश्व वरियतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्विडेन पाँचौँ, इङ्ग्ल्याण्ड छैटौँ, अष्ट्रेलिया सातौँ, ब्राजिल आठौँ, क्यानडा नवौँ र उत्तर कोरिया १०औँ स्थानमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell