PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

मर्ने संक्रमितको संख्या भारतमा ५० हजार पार, धेरै मृत्यु हुने मुलुकको चौथो सूचीमा



पहिलोपोस्ट

मर्ने संक्रमितको संख्या भारतमा ५० हजार पार, धेरै मृत्यु हुने मुलुकको चौथो सूचीमा

नयाँ दिल्ली : भारतमा मृत्यु भएका कोरोना भाइरस संक्रमितको संख्या ५० हजार पार भएको छ। भारतबाहेक तीन मुलुकमा कोरोना संक्रमितको मृत्यु ५० हजारभन्दा माथि छ।

अमेरिका, ब्राजिल र मेक्सिकोमा ५० हजारभन्दा धेरै संक्रमितको मृत्यु भइसकेकव छ। कोरोना भाइरसका कारण खराब हालत भोगिरहेका मुलुकको सूचीमा भारत तेस्रो स्थानमा छ। तर, संक्रमिको संख्या र मृत्यु दरका आधारमा भारत थप जोखिमपूर्ण अवस्थातिर धकेलिँदैछ।

शनिवारसम्म भारतमा संक्रमितको संख्या २५ लाख ८७ हजार ८ सय ७२ पुगेको छ। भारतमा मृत्यु हुने संक्रमितको संख्या ५० हजार ७९ पुगेको छ।

अमेरिकामा मृत्यु हुने संक्रमितको संख्या १ लाख ७१ हजार ९ सय ९९ पुगिसको छ भने ब्राजिलमा १ लाख ६ हजार ६ सय ८ जना संक्रमितले ज्यान गुमाएका छन्। म्याक्सिकोमा ५५ हजार ९ सय ८ जनाले ज्यान गुमाएका छन्।

मृत्युदरमा म्याक्सिकोको हालत सबैभन्दा खराब छ। त्यहाँ मृत्युदर ११ प्रतिशत रहेको छ। ५ लाख ११ हजार कोरोना संक्रमित म्याक्सिकोमा ५५ हजार ९ सय ८ जनाले ज्यान गुमाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell