PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

१० जना स्वास्थ्यकर्मी सहित ४७ जना संक्रमित थपिए



राधेश्याम पटेल

१० जना स्वास्थ्यकर्मी सहित ४७ जना संक्रमित थपिए
कोरोना परीक्षणको फाइल फोटो

वीरगंज : वीरगंजमा ९ महिलासहित ४७ जना नयाँ संक्रमित थपिएका छन्। नारायणी अस्पताल वीरगंजको प्रयोगशालाले शनिवार अबेर राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ८ वर्षदेखि ६० वर्षका संक्रमित थपिएका हुन्।

पोखरीया अस्पतालका एक जना डाक्टरको कन्ट्याक्ट ट्रेसिङमा परेका पोखरीया नपा १, ४, ७, ९ वडाबाट दुई महिलासहित १२ जना संक्रमित रहेका छन्। नारायणी अस्पतलाको गाइनो वार्डकी ३०, ३२ वर्षकी दुईजना स्टाफ नर्स, सामाजिक सुरक्षा शाखाका २५ वर्षीया महिला तथा २५ वर्षका पुरुष कर्मचारी, पेडियाक्ट्रिक्स वार्डकी २८ वर्षीया स्टाफ नर्स, ओपीडी काउन्टरका ५१ वर्षे कर्मचारी, ३२ वर्षकी एक जना महिला सुरक्षा गार्डसहित ७ जना स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित भएका छन्।

त्यसैगरी, नारायणी बयोधा अस्पताल गण्डकका तीन जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा वीरगंज १४, पिपरा बस्ने २९ वर्षका पुरुष, स्टोर शाखामा काम गर्ने ३२ वर्षीय पुरुष र भारत, रक्सौल, पन्टोका घर भएका २६ वर्षीय पुरुष गरी तीन जना रहेका छन्। वीरगंज–३१ पारासवामा रहेको प्राइप फर्मास्युटिकल्स प्रालिका ६ जना मजदुरमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

उनीहरु पर्सागढी २ बागवानाका २५ वर्षिय पुरुष, सोही नपा वडा नं ५ पचरुखीका ३१ वर्षिय पुरुष, विन्दावासिनी गापा– १ का २९ वर्षिय पुरुष, वीरगंज ३२ सोलखपुरका १९ वर्षीय पुरुष र विरुवागुठीका ३५ वर्षीय पुरुष हुन्। ६ जनाले तीन दिनदेखि ज्वरो आइरहेकाले शुल्क तिरेर परीक्षण गराएका हुन्।

यसअघि मारुती फर्मा, म्यागनस फर्मा, जगदम्बा इन्टरप्राइजेज र जगदम्बा स्टीललगायत उद्योगका मजदुरमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। नारायणी अस्पतालमा डायालासिस गराउने पर्साकी ४२ वर्षे मृगौला पीडितमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, शनिवार रातिको नाराणी अस्पतालको रिपोर्टमा भवानी अस्पतालमा उपचाररत ५२ वर्षीय पुरुष, वीरगंज ४ विर्ता, ८ पानीटंकी, १० रानीघाट, ११ श्रीपुर, १२ मुर्ली, १५ भिस्वा, वीरगंज २१ परवानीपुरलगायतका केही संक्रमित रहेका छन्। कलैया १ बाराका एक ६० वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell