PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कौडा खेल्दै गरेका ७ जुवाडे समातिए सिमराको होटल सगुनबाट, भेटियो ३ लाख रुपैयाँ



पहिलोपोस्ट

कौडा खेल्दै गरेका ७ जुवाडे समातिए सिमराको होटल सगुनबाट, भेटियो ३ लाख रुपैयाँ

वीरगंज : बारा प्रहरीले कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी भएकै अवस्थामा ७ जना जुवाडेलाई सिमराबाट पक्राउ गरेको छ।

सगुन होटलको तेस्रो तल्लाको कोठा नं २०५ बाट बारा, सर्लाही, सल्यान र सिन्धुपाल्चोकका गरी ७ जना जुवाडेलाई कौडा खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराए।

गोप्य सूचनाको आधारमा शनिवार साँझ इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सूर्यबहादुर राना मगरको नेतृत्वमा गएको प्रहरीको टोलीले १६ थान कौडासहित ७ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बारा, जितपुर सिमरा उपमहानगरपालिका वडा नं १५ का ५१ वर्षे मानबहादुर लोप्चन, सोही वडाका ४२ वर्षीय मानबहादुर गुरुङ, कलैया उपमहानगरपालिका वडा नं २ का विनोदप्रसाद यादव, बारा, परवानीपुर गापा ३ का ३७ वर्षीय जयराम दास, सर्लाही, वागमती नपा १ का ४१ वर्षे ताराकुमार श्रेष्ठ, सल्यान बढीमालिका नपा ८ का ३२ वर्षे भुवन चन्द र सिन्धुपाल्चोक बाह्रविसे नपा ७ का २५ वर्षे पद्य नेवार रहेको बारा प्रहरीले जनाएको छ। उनीहरुको साथबाट प्रहरीले २ लाख ९१ हजार ५ सय रुपैयाँ पनि बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell