अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। बीबीसी हिन्दीका अनुसार शनिवार पत्रकार सम्मेलनमा उनले अलीबाबासहित अन्य कम्पनी प्रतिबन्ध लगाउने बारे बताएका हुन्।
चिनियाँ कम्पनीको टिकटक र विच्याटमा उनले यसअघि प्रतिबन्ध लगाइ सकेका छन्। यी मोबाइल एपहरूका कारण आफ्नो नागरिकको निजी जानकारी असुरक्षित भएको उनको तर्क छ।
ट्रम्प चीनलाई लिएर केही समय यता आलोचनात्मक बनेका छन्। आफ्नो कार्यकालमा अमेरिका र चीन बिच व्यापारिक सम्बन्धलाई ट्रम्पले केन्द्रिय विषय बनाएका छन्। सोयाबीन र मकैजस्ता कृषि उत्पादनको खरिदबारे प्रशंसा गर्दै गत वर्ष यी दुई देशबीच व्यापारिक सम्झौता भएको थियो।
