PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

‘कान्छा महारानी’ बजारमा



पहिलोपोस्ट

‘कान्छा महारानी’ बजारमा

शीवा शाहद्वारा लिखित अंग्रेजी उपन्यास 'द अदर क्विन'को नेपाली अनुवाद कान्छा महारानी बजारमा आएको छ।

सन् २०१८ मा सांग्रीला बुक्सले प्रकाशन गरेको 'द अदर क्विन' उपन्यासलाई सगुना शाहले अनुवाद गरेकी हुन्। यो उपन्यास अनुवादको सन्दर्भमा सगुना शाह लेख्छिन्, 'कान्छा महारानी' आत्मवृतान्त शैलीमा इतिहासको आख्यानीकरण हो। आख्यानकार शीवा शाहले इतिहास र आख्यानको मोहक बर्णन बुन्ने क्रममा अतितको एउटा तिलस्मी कालखण्डमा जमेको समयको धुलो झारिदिएकी छिन्। नेपालको इतिहासलाई आफ्नो रङ्गले पोतिदिएका दुइ प्रभावशाली महारानीको कथा हो – कान्छा महारानी। सत्ता र त्यसका वरिपरी रहेकाहरुको व्यक्तिगत स्वार्थ र महत्वाकांक्षाले कसरी सम्पूर्ण राष्ट्रको इतिहास र भविष्य निर्देशित हुन पुग्छ भन्ने कुराको खुलासा मात्र नभई प्रेम र इर्ष्याको ज्वलन्त द्वन्द पनि हो यो आख्यान।'

यो उपन्यासले इतिहासको सबैभन्दा महत्वपूर्ण कालखण्डलाई आधार बनाएको छ, जस उपरान्त १०४ बर्षीय राणा शासनको सुरुवात हुन्छ। यो त्यो कालखाण्डको कथा हो, जुनबेला राजाको काँतर प्रवृतिका कारण राज्यको सार्वभौमसत्ता महारानीहरुको अधिनमा भएको थियो र त्यसको फाइदा भारदारहरुले उठाएका थिए र इतिहासमा जंगबहादुरको उदय भएको थियो।

कान्छा महारानी पढेपछि लेखक विप्लव प्रतिक लेख्छन्, ‘यो उपन्यास पढिसकेपछि पाठकलाई यो किताब कतै नेपालीमा नै लेखिएर अंग्रेजीमा अनुवाद भएको त होइन भन्ने लाग्न सक्छ। म यसलाई सगुना शाहको अनुवाद शिल्पको कमाल ठान्छु। कान्छा महारानीमार्फत नेपाली साहित्यले एउटा उत्कृष्ट उपन्यास पाएको छ।'

सांग्रिला बुक्सले प्रकाशन गरेको कान्छा महारानीको मूल्य ४९५ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell