PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

भरतपुर अस्पतालका प्रमुख मेसुसहित तीन चिकित्सकमा संक्रमण पुष्टि



पहिलोपोस्ट

भरतपुर अस्पतालका प्रमुख मेसुसहित तीन चिकित्सकमा संक्रमण पुष्टि

काठमाडौं : भतरपुर अस्पताल चितवनका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सहित चीन जना चिकित्सकहरुमा कोभिड-१९ को संक्रमण पहिचान भएको छ।

भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले शनिवारको परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको जानकारी दिए। संक्रमण पुष्टि हुनेमा मेसु डाक्टर श्रीराम तिवारी, प्रसुती रोग विशेषज्ञ तथा विभागिय प्रमुख प्राध्यापक डाक्टर सुनिलमणि पोखरेल र इमरजेन्सी वार्डका अर्का एक चिकित्सकहरुलाई संक्रमण पहिचान भएको उनले जानकारी दिए।

विभागीय प्रमुखलाई संक्रमण पुष्टि भएपछि प्रसुती विभागको सेवा बन्द नगरिने तर त्यहाँको संक्रमण भए नभएको पहिचान गरी संक्रमित भए सोही वार्डमा आइसीयुमै उपचार गरिने जानकारी दिए।

‘उहाँहरु सुरक्षित साथ बस्नुभएको छ’, डाक्टर अधिकारीले भने, ‘अस्पतालको कोभिड व्यवस्थापनमा योगदान गर्दैगर्दा र फ्रन्ट लाइनमा बसेर सेवा दिँदादिँदै उहाँहरुमा कोरोना देखिएको छ। उहाँहरु लक्षणविहीन हुनुहुन्छ। उहाँहरुलाई अस्पतालकै क्याविनमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ।’

यसअघि भरतपुर अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिपछि सेवा बन्द गरिएको थियो। भरतपुर अस्पतालले आकश्मिक कक्ष शनिवार ८ बजेबाट सुचारु भएको थियो। फेरी चिकित्सकमा संक्रमण देखिए पछि निर्मलिकरण गरेर मुल कक्षलाई पुन सञ्चालनमा ल्याउने तयारी भएको छ। 'आधारभूत सेवा अवरुद्ध नहुने गरी आकस्मिक सेवाको वैकल्पिक कक्ष व्यवस्थापन गरिनेछ', उनले भने।

पछिल्ला दिनहरुमा भरतपुरका अस्पतालहरुमा उपचाररत विरामीहरु तथा चिकित्सक स्वास्थ्यकर्मीहरुमा संक्रमण पुष्टि हुँदै आएको छ। शनिवार मात्र २८ जनामा संक्रमण पुष्टि भएको २२ जना विभिन्न अस्पतालमा उपचाररत विरामी तथा स्वास्थ्यकर्मी हुन्। संक्रमित मध्ये भरतपुर अस्पताल,  भरतपुर सेन्ट्रल अस्पताल तथा विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत विरामी तथा स्वास्थ्यकर्मी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell