PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

करण जौहरमाथि कंगनाको अर्को प्रहार: राष्ट्रवादको पसल चलाउने?



पहिलोपोस्ट

करण जौहरमाथि कंगनाको अर्को प्रहार: राष्ट्रवादको पसल चलाउने?

बलिउड अभिनेत्री कंगना रनौत पछिल्लो समय फिल्म उद्योगमा नेपोटिज्मलाई बढावा दिएको भन्दै करण जौहरलाई निरन्तर टारगेट गरिरहेकी छन्। अब कंगनाले करण जौहरको धर्मा प्रोडक्शनको फिल्म 'गुंजन सक्सेना: द कारगिल गर्ल' लाई लिएर निशाना साधेकी छन्।

जान्हवी कपूरको मुख्य भूमिका रहेको फिल्मले औसत प्रतिक्रिया पाइरहेका बेला कंगनाले करण जौहरको चर्को आलोचना गरेकी छन्। फिल्म राष्ट्रवादको मुद्दामा केन्द्रीत भए पनि देशभक्ति देखाउन चुकेको कंगनाको टिप्पणी छ।

करणले भारत-पाकिस्तानको युद्ध सम्बन्धी फिल्म पैसा कमाउन मात्रै निर्माण गर्ने गरेको आरोप लगाउँदै कंगनाले यस्ता फिल्ममा भारतीयलाई नै खलनायक देखाउने गरेको उल्लेख गरेकी छन्। कंगनाले आफ्नो टिमको ट्वीटरमार्फत भनेकी छन्, ‘आखिर करण जौहर कहिले सम्झिनेछन् कि एक सैनिक हमेशा सैनिक नै हुन्छ। सैनिकलाई जेण्डरले कुनै फरक पार्दैन।’ उनले प्रश्न गरेकी छन्, ‘भारतीयलाई भिलेन देखाएर राष्ट्रवादको पसल चलाउने?’

यसअघि पनि कंगनाले 'गुंजन सक्सेना: द कारगिल गर्ल' को आलोचना गर्दै गुंजन सक्सेनाको असल देशभक्तिलाई नदेखाएको बताएकी थिइन्।

भारतीय वायुसेनाको पहिलो महिला पाइलट गुंजन सक्सेनाको बायोपिक फिल्ममा जान्हवी कपूर, पंकज त्रिपाठी, अंगद बेदी र विनीत कुमार सिंह मुख्य भूमिकामा छन्। यो फिल्म १२ अगस्टमा नेटफ्लिक्समा रिलिज भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell