PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कोभिड-१९ संक्रमित विराटनगरकी महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु



पहिलोपोस्ट

कोभिड-१९ संक्रमित विराटनगरकी महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु

काठमाडौं : कोभिड-१९ को संक्रमणबाट विराटनगरकी एक महिलाको मृत्यु भएको छ। उपचारार्थ धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान पुर्‍याएकी विराटनगरको तिनपैनीकी ५० वर्षीया महिलाको मृत्यु भएको हो।

उनलाई विराटनगरको न्युरो अस्पतालले रिफर गरेको थियो। उपचारको क्रममा मृत्यु भएको हो। अत्यधिक ज्वरो र सास फेर्न समस्या आएपछि उनलाई शनिवार राती ११:५० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो।

अस्पताल भर्ना गरेको ४० मिनेटमा नै विहान १२: ३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell