PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

प्रहरी अस्पतालमा कार्यरत डीआइजीमा  कोरोना, अहिलेसम्म ६ सय २० जना प्रहरी संक्रमित



पहिलोपोस्ट

प्रहरी अस्पतालमा कार्यरत डीआइजीमा  कोरोना, अहिलेसम्म ६ सय २० जना प्रहरी संक्रमित

काठमाडौं : नेपाल प्रहरीका दुई जना डीआइजीलाई कोरोना संक्रमण देखिएको छ।

प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत डीआइजीमा कोरोना पोजेटिभ देखिएको हो।

'उहाँलाई कोरोना पोजेटिभ भएको पुष्टि भइसकेको छ। अहिले उपचारमा हुनुहुन्छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेरबहादुर कडायतले भने।

पछिल्लो समयमा ड्युटीमा खटिएका प्रहरीमा कोरोनाको संक्रमण बढ्दै गएको छ। अहिलेसम्म नेपाल प्रहरीमा ६ सय २० जनामा कोरोना देखिसकेको छ। जसमध्ये ३ सय ८० जना उपचाररत रहेका छन्। २ सय ४० जना उपचारपछि काममा फर्किसकेका छन्।

कोरोना देखिएपछि पूर्णरुपमा सिल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिल भने खुलेको छ। महाशाखामा १७ जना ट्राफिक प्रहरीमा कोरोना देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell