PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

ओलम्पिक कमिटीका दुई जनामा कोरोना संक्रमण



पहिलोपोस्ट

ओलम्पिक कमिटीका दुई जनामा कोरोना संक्रमण

काठमाडौं: नेपाल ओलम्पिक कमिटी (एनओसी)का दुई जना कर्मचारीमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ।

स्क्वासका एक जना प्रशिक्षकमा यसअघि  संक्रमण देखिएपछि एनओसीका कर्मचारीको कोरोना परीक्षण गरिएको थियो। जसमा दुई जना भान्सामा काम गर्ने कर्मचारीमा कोरोना पुष्टि भएको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए।

'किचनको हो। अस्ति स्क्वासका प्रशिक्षकलाई कोरोना भेटिएपछि यहाँको सबैको परीक्षण गराएका थियौं। किचनका दुई जनामा पोजेटिभ देखियो।' महासचिव श्रेष्ठले भने, 'अब कमिटीमा पनि गराउने हो। एकजना पोजेटिभ देखिएको चाहिँ हामीलाई चियाहरु ल्याउने भाइ हो। उसलाई देखिएपछि हामीले पनि गर्नै पर्‍यो।'

पछिल्लो समय कोरोनाको संक्रमण बढेको भन्दै ओलम्पिक कमिटी शुक्रबारबाट 'वर्क फ्रम होम'मा गएको छ। ओलम्पिक कमिटीले पदाधिकारी र भर्खरै सम्पर्कमा आएकाहरुको संक्रमण परीक्षण गराउने तयारी गरेको महासचिव श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell